जिम्न्याष्टिक

जिम्न्यास्टिकमा पहिलो चरणका खेल सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिताका महिला तथा पुरुषतर्फको पहिलो चरणको प्रतियोगिता सकिएको छ ।

महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ हर्स खेलको प्रतिस्पर्धा सकिएको छ । टिम च्याम्पियनअन्तर्गत बाग्मती प्रदेशले ७१.४७५ अंक सहित प्रथम स्थान हासिल गरेको छ । एपिएफ ६४.३७५ अंक सहित दितीय र नेपाल आर्मी ४८.६७ अंक सहित तृतीय स्थानमा रहेको जज राजेशमान श्रेष्ठले जानकारी दिए ।

ग्राउन्ड फ्लोर लेबलको पहिलो चरणको प्रतिस्पर्धा सकिएको छ भने दोस्रो चरणको केही खेल बाँकी रहेको उनले बताए । महिलातर्फ ग्राउन्ड फ्लोर र भल्टिङ हर्ष खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ । उनका अनुसार महिलातर्फको खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार मेडल प्राप्त गर्नेछन् ।

पुरुषतर्फ प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स र होराइजेन्टल बारको प्रतिस्पर्धा सकिएको छ । ग्राउन्ड फ्लोर र भल्टिङ हर्सको प्रतिस्पर्धा भइरहेको श्रेष्ठले बताए । ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार  र अलअराउण्ड गरि आठ खेलको मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।