एनएसजेएफ

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड फागुन २३ मा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । 

यस वर्ष पनि अवार्डलाई हंशराज एण्ड हुलासचन्द  कम्पनीले मुख्य प्रायोजना गरेको छ । एनएसजेफ पल्सर स्पोटर्स अवार्डको यो १९औं संस्करण हो । हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले अवार्डका लागि प्रायोजना गरेको यो १४औं संस्करण हो ।

यस पटक पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरि नौ विधा समावेश छ । 

मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा र पिपुल्स च्वाइस अवार्डको मनोनय केहि दिनमा सार्वजनिक गर्ने जनाएको छ । पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्डको विजेताको घोषणा भने कार्यक्रमै गरिनेछ । 

यसअघि वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरि चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दै आएकोमा यस संस्करणबाट वर्षको युवा खेलाडीले पनि मोटरसाइकल प्राप्त गर्ने जनाइएको छ । अन्य विधाका विजेताल जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । 

अवार्डको सफल आयोजनाका लागि अध्यक्ष दुर्गानाथ सुवेदीको संयजकत्वमा मूल आयोजक समिति र सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिती गठन गरिएकाे छ ।