विभागिय टोली

निर्वाचनमा खटिएका पदक विजेताहरु

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभाका लागि आज देशैभर मतदान सुरु भएको छ । 

यसअघिका संघिय र स्थानिय निर्वाचनजस्तै यस पटक पनि विभागिय टोलीमा रहेका विभिन्न खेलका खेलाडीहरु पनि निर्वाचनमा खटिएका छन् । 

यसै क्रममा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेतर्फ दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ, सुनिता महर्जन,तेक्वान्दोका वीरबहादुर महरा, निशा दर्लानका साथै कास्य पदक विजेता अमिस राउत, कन्जन थापा र सुष्मा श्रेष्ठहरु निर्वाचनमा खटिएका छन् ।  उनीहरु सबै विभागिय टोली नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्छन ।

बिहान सात बजेबाट सुरु भएको मतदान साँझ पाँच बजेसम्म रहनेछ । 

प्रत्यक्षतर्फ एक सय ६५ सिटका लागि मतदान हुनेछ ।  निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार आठ सय ४९, नेपाल प्रहरीका ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८ सय २१ सुरक्षाकर्मी खटिएका छन् ।