राखेप

शर्मा तालिम तथा प्रशिक्षण विभाग निर्देशक र बक्सिङको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद(राखेप)ले बक्सिङका वरिष्ठ प्रशिक्षक तथा आइबीए थ्री स्टार कोच प्रचण्ड शार्मालाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक र बक्सिङको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

असोज ११ गते राखेपले शर्मालाई सो जिम्मेवारी दिएको हो । 

'राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक हिमाल राज दाहाल उमेर हदका कारण मिति २०७९–०६–१७ गते देखी अनिवार्य अवकास हुने र शुभ विजयादशमी २०७९ का को लागि सार्वजनिक बिदा(मिति २०७९–०६–१७ देखी २२) सकिए लगत्तै नवौं राष्ट्रिय खेलकुद २०७९ को खेलगत प्रतियोगिता मिति २०७९–०६–२३ गतेदेखी नै संचालन हुने सन्दर्भ समेतलाई मध्यनजर गरी समय सापेक्ष रुपमा तपाईलाई समान पद, उमेर तथा श्रेणी कायम रहने गरी मिति २०७९–०६–११  गतेबाट लागु हुने गरि बक्सिङ खेलको मुख्य प्रशिक्षक एवम् मिति २०७९–०६–२३ गते बाट लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागको निर्देशकको समेत जिम्मेवारी तोकिएको व्यहोरा जानकारी गराइन्छ, राखेपको नियुक्त पत्रमा उल्लेख गरिएको छ ।