नेपालमा रग्बी

रग्बी श्रृंखला: नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष रग्बी टिमले मंगलबार ढाकामा जारी बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी श्रृंखलाअन्तर्गत बंगलादेशलाई २०–० को नतिजा सुम्पिएको छ ।

बंगलादेशको राजधानी ढाकामा भएको प्रतियोगितामा कृष्ण क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको नेपालमाथि बंगलादेशले पहिलो र दोस्रो हाफमा क्रमशः १०–१० स्कोर गरेको थियो ।

बंगलादेशसँगको हारपछि कप्तान क्षेत्रीले रेफ्रीको गलत निर्णय र फरक मौसमका कारण खेल हार्न पुगेको प्रतिक्रिया दिए ।

‘ढाकाको गर्मी का कारण खेलमा असर प¥यो,’ उनले भने, ‘रेफ्रीको गलत निर्णयका कारण पहिलो हाफमा नै खेलाडीहरु दबाबमा परे । त्यसैले सोचेजस्तो परिणाम आएन ।’

बंगलादेशकोतर्फबाट प्रतियोगिता अवधिभर कुल चार ट्राइ भएको थियो । जसमा नदिम मेहमुदले दुई तथा सोहेल राना र अनवर जमानले एक–एक ट्राइ गरेका थिए ।

नेपालले चार वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो । यसअघि नेपालले सन्  २०१८  मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाएको थियो ।

बंगलादेशविरुद्धको खेलबाट पुजन फेवाली, रामकृष्ण चौधरी र शेरबहादुर ओलीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पुजनले सुरुआती सेटबाट र चौधरीले कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए।

यो श्रृंखलाअन्तर्गत नेपालले दुई वटा रग्बी सेभेन र एउटा रग्बी १५ मा प्रतिस्पर्धा गर्ने तालिका छ ।