१९औं एसियाली खेलकुद

एसियन गेम्स २०२३ सम्मका लागि स्थगित!

काठमाडौं । चीनको ह्वान्झाओमा सेप्टेम्बर १० देखि २२ हुने तय भएको १९औं एसियन गेम्स कोभिड १९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको छ ।

 चिनिया ओलिम्पक कमिटि (सिओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटि (एचएजिओसी)सँगको विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसिए)ले १९औं एसियाली खेलकुद  स्थगित गर्ने निर्णय गरेको हो ।
 

प्रतियोगिताको नयाँ मिति ओसिए, सिओसी र एचएजिओसीबीचको छलफलबाट निकट भविष्यमा सार्वजनिक गरिने ओलम्पिक एसियाले बताएको छ ।

विश्व व्यापी विभिन्न समस्याका बाबजुद पनि एचएजिओसी  प्रतियोगिताको पूर्ण तयारीमा जुटेको थियो । तर, काेभिडको महामारीका कारण उत्पन्न परिस्थितमा १९ एसियन गेम्स स्थगित गर्ने निर्णय भएको हो ।

यस्तै चीनको शान्ताओ शहरमा डिसेम्बर २० देखि २८ सम्म हुने तय भएको एसियन युथ गेम्स पनि रद्द भएको छ । यो प्रतियोगिता अब २०२५ मा उज्बेकिस्तानको तास्केन्टमा हुने तय भएको छ ।