पारा राष्ट्रिय खेलकुद

पारा राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलको समग्र उद्घाटन शुक्रबार हुने भएको छ । उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

त्यसै दिन खेलकुदअन्तर्गत विद्यालयस्तरीय विशेष खेलकुद हुने छ । एकदिने विशेष खेलकुदमा एथलेटिक्सतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । २ सय ९० खेलाडी सहभागी हुनेछन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खेलकुदअन्तर्गत विभिन्न १२ संस्थालाई दृष्टिविहीन क्रिकेट, बोसिया, साउन्ड टेबलटेनिस, व्हीलचेयर बास्केटबल, बहिरा फुटसल र बुद्धिचाल, दृष्टिविहीनको गोल बल, पारा साइक्लिङ, पारा भारोत्तोलन तथा एम्पुटी फुटबल सञ्चालन गर्न जिम्मेवारी दिइएको छ । सम्बन्धित संस्थाले जेठ १५ गते आफ्नो जिम्मामा परेको खेल सम्पन्न गर्नुपर्ने छ ।