बालेन शाह

बालेनको चुनावी घोषणपत्रमा खेलकुद: वडा तहमा खेलकुद केन्द्रदेखि इ–स्पोर्टससम्म

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका र्यापर तथा कलाकार बलेन्द्र शाल (बालेन) ले घोषणा पत्रमा काठमाडाैंकाे वडा तहमा खेलकुद केन्द्र निमार्ण गर्ने जनाएका छन् ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आइतबार सर्वाजनिक घोषणा पत्रमा वडा तहमा खेलकुद मैदान, अन्तर्राष्ट्रिय क्लबहरुसँग सहकार्य गर्दै युवा लिगको सुरुआत गर्ने र इ–स्पोर्टस खेलाडीहरुलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय स्तरको इ–स्पोर्टस प्रतियोगिताहरु आयोजना गरिने उल्लेख छ ।

बालेनको घोषणापत्रमा खेलकुद:

  • वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने छ ।
  • खेलकुद र युवा सशक्तिकरणको प्रवर्दधन गर्न बैंकहरूसँग उनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिने छ
  • स्थानीय खेलाडीहरूलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरूलाई तलब स्केल उपलब्ध गराइने छ ।
  • अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँगको सहकार्यमा युवा लिगहरू आयोजना गरिने छ ।
  • पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्दधन गर्न अन्तर्राष्ट्रिय इ–स्पोर्टस खेलाडीहरूलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा इ–स्पोर्ट प्रतियोगिता आयोजना गरिने छ ।