राखेप

वैशाख ११ भित्र नवौं राष्ट्रिय खेलकुदका लागि मस्कट, गीत रचना र नारा पेश गर्न आव्हान


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न आव्हान गरेको छ ।

गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौ राष्ट्रिय खेलकुद जेठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा अयोजना गर्ने निर्णय गरेको थियो ।

राखेपले वैशाख ११ गते भित्र नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत र नारा पेश गर्न आव्हान गरेको हो ।

जसअनुसार लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने ,राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने बताइएको छ । 

छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ ,गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख गरिएको छ ।