एनएनआइपिए

एनएनआइपिए अवार्डः विराज र अरुणा वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रत्येक वर्ष आयोजना गर्ने एनएनआइपिए स्पोर्टस अवार्डअन्तर्गत अरुणा शाही र विराज महर्जन वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मंगलबार गोदावरीस्थित बज्र बाराही मन्दिर परिषरमा सम्पन्न अवार्ड समारोहमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्ताान अरुणा महिलातर्फ र नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् । दुबैले सम्मान पत्रसहित एक लाख नगद पुरस्कार प्राप्त गरे ।

यस्तै, वर्षको उदीयमान खेलाडी महिलातर्फ उसुकी निमा घर्तिमगर र पुरुषतर्फ प्रिन्स दाहाल घोषित हुँदा तेक्वादोकी पार्वती गुरुङ र ट्रायथलनका हिमाल टमाटा वर्षको प्रतिभाशाली खेलाडी घोषित भए । चारै जनाले ५० हजार नगद प्राप्त गरे ।