नेपाल ओलम्पियन संघ

दुईदिने अभिमूखिकरण कार्यक्रम गर्दै ओलम्पियन संघ

काठमाडौं । ओलम्पियनहरुको क्षमता अभिवृद्धिका लागि नेपाल ओलम्पियन संघले दुईदिने अभिमूखिकरण तालिम सञ्चालन गर्ने भएको छ ।

आयोजक ओलम्पियन संघले बुधबार एक विज्ञप्ती जारी गर्दै ओलम्पिकमा सहभागी भइसकेका खेलाडीहरुले आफ्नो अनुभव भावी पुस्तामा हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो । ओलम्पियन संघले पहिलाे पटक अभिमूखिकरण कार्यक्रम गर्न लागेकाे हाे ।

अभिमूखीकरण कार्यक्रम बिहीबार र शुक्रबार नेपाल ओलम्पिनक कमिटीको केन्द्रीय कार्यालय सातदोबाटोमा हुनेछ ।

ओलम्पियनहरुलाई पब्लिक स्पिकिङमा राजेश पाण्डे, योगा र मेडिटेसनमा पुस्कर पन्त र खेल मनोविज्ञानमा इन्द्र गुरुङले प्रशिक्षण दिनेछन् । यस्तै, खेलविज्ञ डा. प्रकाश प्रधानले पनि खेल मनोविज्ञानबारे ओलम्पियनहरुलाई जानकारी दिनेछन् ।