बेइजिङ विन्टर ओलम्पिक

हजुरबुवाको औषधीका कारण एन्टी डोपिङ पोजेटिभ देखियो– कमिला भेलिवा

बेइजिङ । रुसी स्केटर कमिला भेलिवाले हजुरबुवाको औषधी कारणका एन्टी डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएको तर्क दिएको विन्टर ओलम्पिकको अधिकारीहरुले जानकारी दिएका छन् ।

१५ वर्षीया भेलिवालाई सोमबार अदालतले निलम्बन नगर्नु भनेर आदेश दिएपछि बेइजिङमा २०२२ को ओलम्पिकमा खेल्न दिइएको थियो ।

‘भेलिवाले आफुसँग भएको सामान उसको हजुरबुवाको भएको तर्क दिएकी छिन्,’ अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) डेनिस ओसवाल्डले बताए ।

एन्टी डोपिङ पोजेटिभ आएपछि भेलिवाले रसियन एन्टी डोपिङ एजेन्सीमा अपिल गरेकी थिइन् । रसियन एन्टी डोपिङले उनलाई निलम्बन नगर्ने निर्णय गरेपछि आइओसी र अन्य व्यक्तिहरुले सोमबार अदालतमा यस निर्णयलाई स्वीकार्न पहल गरेका थिए, जसलाई अदालतले मान्य ग¥यो ।

यस निर्णयले भेलिवालाई प्रतियोगिताहरुमा सहभागी हुने बाटो बनाइदिएको छ । भेलिवा मंगलबार महिलातर्फ बाट स्वर्ण पदकको दाबेदारको रुपमा विन्टर ओलम्पिकमा सहभागी हुनेछिन् ।

‘म धेरै खुशी छु । तर, भावनात्मक रुपमा भने निराश छु,’ भेलिवाले भनिन्, ‘केही हप्तासम्म धेरै समस्या भएको थियो ।’