रमेश सिलवाल

सिलवालको मुद्दाको पेशी २४ गते

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालको मुद्दाको पेशी २४ गते हुने भएको छ । सोमबार सर्वाेच्च अदालतले मुद्दाको छिनोफानो गर्ने मिति तोकेपनि नभ्याएपछि पेशी २४ गतेलाई सारिएको हो ।

मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई पदमुक्त गर्दै टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । तर, सिलवालले यस बारेमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सिलवाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको थियो ।

यसअघि अदालतले सिलवालको मुद्दाको पेशी पुस १२ गतेबाट सोमबारलाई सारेको थियो । दुवै पक्षलाई राखेर छिनोफानो गर्ने निर्णय गरेको अदालतले यस मुद्दाको छिनोफानो नभएसम्म दुवै पक्षले कामभार गर्न रोक लगाएको थियो ।