आरडब्लु विन्टर स्लाम

चट्टान आरडब्लु विन्टर स्लाम च्याम्पियन

काठमाडौं - नेपाल रिङ रेस्लिङ संघद्धारा आयोजित आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि जितेका छन् ।

बूढानीलकण्ठस्थित चुनीखेल मैदानमा भएको प्रतियोगितामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।

लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीलाई पराजित गर्दै ४५ हजार रुपैयाँ जिते ।

लाइट वेट म्याचमा महिला रेस्लर तनुलाई हराउँदै सिजे वल्र्डले २५ हजार हात पारे । त्यस्तै हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गर्दै ६० हजार प्राप्त गरे ।