राखेप

राखेप को सदस्य सचिवमा लामिछानेकाे उम्मेद्वारी

काठमाडौं । डाक्टर अच्युतम लामिछानेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि आवेदन दिएका छन् ।

लामिछानेले शुक्रबार पत्रकार सम्मेलनमार्फत क्षमताका आधारमा आफू सो पदको लागि योग्य रहेको जानकारी दिए ।

लामिछानेले खेल विज्ञान तथा शारीरिक शिक्षामा स्नातक, स्नात्तकोतर र विधावारीधि योङ्ग इन विश्वविद्यालय दक्षिण कोरियाबाट विशिष्ट श्रेणीमा उतिर्ण गरेका छन् ।

उनले यसअघि राष्ट्रिय खेलकुद परिषद्को नेपाल खेल विज्ञान एकेडेमीमा पाँच वर्ष खेल विज्ञको रुपमा समेत काम गरेका थिए ।

लामिछाने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री पनि हुन् ।

पूर्व सदस्य सचिव रमेश सिलवाल पदबाट बर्खास्ती भएपछि खेलकुद मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्तिको लागि आह्रान गरेको थियो ।

लामिछाने अघि सदस्य सचिव पदका लागि १५ जनाले आवेदन दिइसकेका छन् ।

सदस्यसचिव सिलवाल नयाँ खेलकुद ऐनअनुसार खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव बन्ने पहिलो खेल प्रशासक हुन् । गत वर्ष चार वर्षका लागि नियुक्त भए पनि सरकार परिवर्तनसँगै उनी बर्खास्तगीमा परेका थिए ।