माघ २९, २०८१ मंगलबार | ०५:०७:२१
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न

उसु महासंघको अध्यक्षमा बर्तौला

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार अबेर राति सम्पन्न साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिती समेत निर्वारोध चयन गरेको थियो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उपमहासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्विरोध चुनिए ।

शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरुलाई खादा लगाइ बधाइ दिएका थिए ।

त्यसअघि राखेपका उपाध्यक्ष शिव कोइरालाले  साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु