अधिकारीद्धरा कतार विश्वकपको टिकट वितरणका विषयमा स्पष्ट पार्न एन्फा नेतृत्वसँग माग

काडमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले कतार विश्वकप २०२२ को टिकट वितरणको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारको बारेमा स्पष्ट पर्न नेतृत्वसँग माग गरेका छन् ।

अधिकारीले  बुधबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई पत्रमार्फत सम्बोधन गर्दै निम्तलिखित  माग राख्दै  यो विषयमा स्पष्ट जनाकारी गराउन अनुरोध गरेका हुन् ।

१  फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको

२  उक्त टिकट कसलाई कुन आधारमा वितरण गरियो।

३  कुनै निकायबाट निःशुल्क टिकट प्राप्त भएको थियो थिएन।

४  सञ्चारमाध्यममा प्रकाशित भए अनुसार एएफसी लाई कति र किन टिकट दिइएको हो।

अधिकारीले जिम्मेवार पदमा बहाल रहेको नाताले यी विषयहरू अबिलम्ब (आजै कार्यालय समय भित्र) उपलब्ध गराई दिनु हुन अनुरोध गरेका छन् । उनले यस विषय लाई गहन रूपमा लिईदिन हुन अनुरोध गर्दै अन्यथा यो विषयलाई फिफा र एएफसीमा समेत उठान गर्न बाध्य बताएका छन् ।

अघिल्लो साता द काठमाडौं पोस्टमा एन्फाले कतार विश्वकप २०२२ को टिकट वितरणमा ब्यापक अनियमितता गरेको भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि एन्फाले टिकट वितरणमा अनियमितता नभएको स्पष्ट पारेको थियो ।