केपी ओली

पूर्व प्रधानमन्त्री केपी ओलीको जन्मोत्सवमा फुटबल प्रतियोगिता हुने

काठमाडौं । पूर्व प्रधानमन्त्री खड्ग प्रसाद (केपी) ओलीको जन्मदिनको अवसरमा फागुन दोस्रो साता नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेकपा कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीको जन्मदिन अवसरमा एमाले भातृसंगठन युवा संघले ११ फागुन देखि १७ फागुनसम्म काठमाडौंमा  ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’  आयोजना गर्ने भएको हो । ११ फागुनबाट केपी ओली ७१ वर्षको लाग्नेछन् । 

प्रतियोगितामा आठ टोलीको सहभागीता जनाउने युवा संघ स्थायी कमिटीका सदस्य तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दिपक खतिवडाले खेलाडीलाई बताए । ‘सहिद स्मारक ए डिभिजन लिगका आठ टोलीले सहभागीता हुन्छ । सहभागी टोली पक्का भएको छैन,’ खतिवडाले भने ।

प्रतियोगिताको विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउनेछन् । यसैगरी विधागततर्फका खेलाडीले समेत पुरस्कार पाउने बताइएको छ ।