साउदी प्रो लिग

साउदी प्रो लिगमा रोनाल्डोको सुखद डेब्यु

रियाद । स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा अल लितिफाकमाथि १-० को जितसहित अल नासर आइतबार साउदी प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ । 

रोनाल्डोले यसअघि स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड र इटालियन सिरी ए को क्लब युभेन्टसबाट समेत खेलिसकेका छन । उनी युभेन्टसबाट पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका थिए । 

नोभेम्बरमा प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द भएपछि स्वतन्त्र रहेका रोनाल्डो लामो समयको अन्योलता तोड्दै अल नासरमा अनुबन्ध भएका थिए ।

उनको उपस्थितीमा साउदी अरेबियाले समग्र खेलकुदको विकासमा सहयोग पुग्ने विश्वास राखेको छ ।रोनाल्डोले आइतबारको खेलसँगै साउदी प्रो लिगमा डेब्यु गरेका छन ।

तालिस्काले गरेको एक मात्र गोल अल नासरको जितमा पर्याप्त बन्यो । 

अल नासरले यसै साता पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ रोनाल्डोले टोलीका लागि दुई गोल समेत गरेका थिए ।  यद्धपी अल नासर सो खेलमा पराजित भएको थियो ।

अल नासर १४ खेलमा ३३ अंकसहित शीर्ष स्थानमा छ । अल हिलाल १५ खेलमा ३१ अंकसहित दोस्रो र अल इत्तिहाद ३१ अंकसहित तेस्रो स्थानमा छ ।