पोचेटिनोद्धारा आफ्नो निर्णयको बचाउ

पेरिस, (खेलाडी)– फेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनो लियोनविरुद्ध खेलमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई मैदानबाहिर निकाल्ने निर्णयको बचाउ गरेका छन् ।

लियोन विरुद्धको खेलको ७५औं मिनेटमा पोचेटिनोले मेसीको स्थानमा अर्सफ हाकिमीलाई मैदान प्रवेश गराएका थिए ।

मैदानबाट बाहिरिदै गर्दा मेसीले पोचेटिनोसँग उनको निर्णयप्रति असन्तुष्ट रहेको हाउभाउ देखाएका थिए ।

यता पोचेटिनोले भने मेसीलाई मैदान बाहिर बोलाउने आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

‘प्रशिक्षकले लिेन निर्णय क्लब र क्लबका सबै खेलाडीको हितका लागी नै हुने गर्दछन् । प्रशिक्षकले टोलीको रणनिती र आवश्यकता अनुसार खेलाडी परिवर्तन गर्ने हो र मैले यहीँ गरेको हुँ ,पोचेटिनोले भने, जहा सम्म मेसीले उनलाई मैदान बाहिर बोलाउने मेरो निर्णयप्रति असन्तुष्ट व्यत्त गरे भन्ने छ, त्यो आधारहिन छ । 

यसै सिजन पिएसजीमा भित्रिएका मेसीको पिएसजीका लागि यो तेस्रो खेल हो । तर उनले गोलको लय भने अझै भेट्टाउन सकिरहेका छ्र्रैनन् ।

पिएसजीबाट मेस्सीको यो तेस्रो खेल हो तर उनी अझै पनि गोलविहिन छन् ।