पुनरागमन जितसहित रियाल मड्रिड शीर्ष स्थानमा 

मड्रिड, (खेलाडी)– अन्तिम चार मिनेटमा दुई गोल गरेसँगै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । 

आइतबार राती भएको ला लिगा अन्तर्गको खेलमा रियालले उत्कृष्ट पुनरागमनमा भ्यालेन्सियालाई २ -१ ले हराएको हो ।

६६ ओैं मिनेटमा ह्यगो डोराले गोल गर्दा भ्यालेन्सियाले अग्रता लिएको थियो । ८६ औं मिनेटमा भिन्सियोस जुनियरले रियाललाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि नै करिम बेन्जिमाले बललाई जाली चुमाउदै रियालको जित पक्का गरेका थिए । 

पाँच खेलमा १३ अंक बटुलेको रियाल शीर्ष स्थानमा फर्कदा समान खेलमा ११ अंकका साथ एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । भ्यालेन्सिया र रियाल सोसिडाड समान १० अंकका साथ क्रमश तेस्रो स्थानमा छन् ।

९ अंक जोडेको एथ्लेटिको बिल्बाओ पाँचौ स्थानमा छ ।