रियाल मड्रिड

खेलकै अपमान भयोः प्रशिक्षक एन्सेलोटी

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीलेले बार्सिलोनाविरुद्धको खेलमा अपमानजनक ब्यबहार महसुस गरेको बताएका छन् । 

आएतबार राति सम्पन्न स्पेनिस  सुपर कोपाको फाइनलपछि एन्सेलोटीले यस्तो प्रतिक्रिया दिएका हुन् । 
 

‘यो खेल कसैको लागि राम्रो थिएन । मैले खेलकुदकै अपमान भएको महसुस गरेको छु । हामीले सम्मानपूर्ण ब्यबहार देख्न पाएनौँ’ एन्सेलोटीले भने ।

सुपर कोपाको फाइनलमा बार्सिलोनाले रियल मड्रिमाथि ३–१ को जित दर्ता गरेको थियो । जाभी हर्नान्डेजको (जाभी) को प्रशिक्षणमा बार्सिलोनाले पहिलो मख्य उपाधि जितेको हो ।

‘यो दुबिधा र गाह्रो क्षण हो । सिजनको समाप्तीमा यस्तो कहिलेकाहिँ भइहाल्छ’, एन्सेलाटीले भने‘यो कुरा खेलाडी स्वमले महसुस गरेका छन् । यस्ता गल्तिहरुलाई सजिलै सुधार गर्न सकिन्छ । सुरुआत राम्रो थियो तर, त्यही लयलाई निरन्तरता दिन सकेनौँ । हामीले शारीरिक अवस्थालाई सुधार गर्न जरुरी छ । हामी एक जुट भएर खेल्न सकेनौँ’,एन्सेलेटीले भने ।