जिनुवा भ्रमणमा फियोरेन्टिना विजयी

जिनुवा, (खेलाडी)- फियोरेन्टिनाले जारी सिजनका चार खेलमा तेस्रो जित हासिल गर्ने क्रममा शनिबार राति जिनुवा भ्रमणमा २-१ को नतिजा निकालेको छ । 

इटालियन सिरी ‘ए’अन्तर्गत जिनुवामा भएको खेलमा रिकार्डो सापोनारा र जियाकोमो बोनाभेन्टुराले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेपछि फियोरेन्टिना जितको हकदार बन्यो । 

बोनाभेन्टुराको पासमा सापोनाराले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । सापोनाराको पासमा बोनाभेन्टुराले गोल गरेर समय सकिन एक मिनेट बाँकी रहँदा फियोरेन्टिनाको अग्रता दोब्बर पारे । 

झण्डै १० मिनेट लम्बिएको इन्जुरी समयको आठौं मिनेटमा प्राप्त पेनाल्टीलाई जिनुवाका डोमिनिको क्रिस्किटोले गोलमा परिणत गरे । तर जिनुवा समर्थकका लागि त्यो सान्त्वनामा सीमित भयो ।