नेपाल

पहिलो हाफमा नेपाल र पाकिस्तानको गोलरहित बराबरी

काठमाडौं । नेपाल र पाकिस्तानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

नियमित कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुनको अनुपस्थितीमा रोहित चन्दले नेपालको कप्तानी सम्हालिरहेका भने दिप कार्कीले नेपालको गोलपोस्ट सम्हालिरहेका छन् ।

नेपाल घरेलु मैदानमा पाकिस्तानमाथि जित निकाल्न चाहन्छ । फिफाको निलम्बनका कारण तीन वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट अलग रहेको पाकिस्तानका लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तर्राष्ट्र्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।