नेपाल पाकिस्तान मैत्रीपूर्ण खेल

दीप र आयुष पहिलो रोजाईमा


काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजनिक भएको छ । 
नेपाल १४ वर्ष पछि पाकिस्तानविरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ । 
नियमित कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुनको अनुपस्थितीमा रोहित चन्दले नेपालको कप्तानी सम्हाल्नेछन् भने दिप कार्कीले नेपालको गोलपोस्ट सम्हाल्नेछन् ।

टोलीमा पुनरागमन गरेका आयुष घलानले पनि पहिलो रोजाईमा अवसर पाएका छन् । 
। 

तीन वर्ष फिफा निलम्बनमा रहेको पाकिस्तानविरुद्ध सुखद नतिजा निकाल्ने नेपालका लागि यो सबै भन्दा सुनौलो मौका हो । लामो समय पछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागन गर्न लागेको पाकिस्तानको लक्ष्य आफ्नो उपस्थिती जनाउने मात्रै रहेको छ ।

नेपालले पछिल्लो पटक सन् २००८ जुन ७ मा साफ च्याम्पियनपसपमा पाकिस्तानमाथि ४–१ को जित निकालेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल भएको छ । पाँच मध्ये तीन खेल पाकिस्तानले जितेको छ भने दुई खेल बराबरी भएको थियो । ।

दशरथ रंगशालामा नेपाली पुरुष टोलीले खेल्न लागेको यो पचासौ अन्तर्राष्ट्र्रिय खेल हो । नेपालले २०४४ सालमा दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दशरथ रंगशालामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

नेपाली टोलीः

दीप कार्की (गोलकिपर), रोहित चन्द (कप्तान), अनन्त तामाङ, दीनेश राजवंशी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, अन्जन बिष्ट, आयुश घलान, बिमल घर्तिमगर