इङ्लिस प्रिमियर लिग

लन्डन डर्बीमा आर्सनलको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा ग्याब्रियल मेघाल्हेसको गोल निर्णायक भएपछि आर्सनलले शीर्ष स्थानमा पुनरागमन जनाएको छ ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा मेघाल्हेसले ६३औं मिनेटमा गरेको एउटै गोल आर्सनललाई चेल्सीमाथि १-० को अवे जित हासिल गर्न पर्याप्त भयो । बुकायो साकाले मिलाएको अवसरलाई मेघाल्हेसले निर्णायक गोलमा परिणत गरेका थिए ।

सहरी प्रतिद्धन्द्धी चेल्सीमाथि उसैको मैदानमा हासिल गरेको जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंकतालिकाको शीर्ष फर्किएको छ । जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ ।