वालिङ । नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा त्रिभुवन आर्मी क्लबले कास्य पदक जितेको छ । बिहीबार स्याङ्जा वालिङमा भएको तेस्रो स्थानको प्रतिस्पर्धामा आर्मीले प्रदेश एकलाई ७–० ले पराजित गर्यो ।
आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन् । यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । अमिशाले खेलको ५, ३५ र १औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
यस अघि आर्मी सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ र प्रदेश एक नेपाल पुलिससँग पराजित भएको थियो । आज नै हुने फाइनल खेलमा एपिएफ र पुलिसबीच स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछन् ।