युरोपा लिग

युनाइटेडको पुनरागमन जित, सोसिडाड शीर्ष स्थानमा

लन्डन । वैकल्पिक खेलाडी मार्कुस रासफोर्ड र एन्थोनी मार्सियालको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीबार ओमानिया निकोसियामाथि ३-२ को पुनरागमन जित निकालेको छ ।

३४औं मिनेटमा करिम एन्साफर्डले गरेको गोलमा निकोसियाले अग्रता लिएको थियो । 

५३औं मिनेटमा रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए । उनी ४६औं मिनेटमा जाडोन सान्चोको स्थानमा मैदान प्रवेश गरेका थिए । ६३औं मिनेटमा मार्सियालले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनी ६१औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

८४औं मिनेटमा रासफोर्डको व्यत्तिगत दोस्रो गोलमा युनाइटेडले अग्रता ३-१ मा पुर्याएको थियो । त्यसको एक मिनेटपछि नै निकालसले गरेको गोलमा निकोसियाले खेलमा फर्कने संकेत गरे पनि त्यो खेलमा फर्कन पर्याप्त भएन ।

युनाइटेड दुई खेलमा ६ अंकसहित समूह ‘इ’ को दोस्रो स्थानमा छ । रियाल सोसिडाड तीन खेलमा तीन जितसहित समूहको शीर्ष स्थानमा छ । तेस्रो स्थानको एफसी सेरिफको तीन अंक छ भने चौथो स्थानको निकोसियाले अंक खाता खोल्न सकेको छैन ।

सोसिडाडले शीर्ष स्थान कायम राख्ने क्रममा एफसी सेरिफलाई २-० ले हरायो ।