च्याम्पियन्स लिग

चेल्सीको पहिलो जित

लन्डन । चेल्सीले च्याम्पियन्स लिगको समूह चरणको पहिलो जित निकाल्ने क्रममा बुधबार इटालियन सिरी ए को क्लब एसी मिलानलाई ३–० ले हराएको छ । 

समूह ‘इ’ को तीन खेलको समाप्तीमा चेल्सीले समान एक जित, एक हार र एक बराबरीको नतिजा ल्याएको छ । समूहको पहिलो खेलमा डिनामो जागरेभसँग १–० ले पराजित भएको चेल्सी दोस्रो खेलमा एफसी साल्जबर्गसँग १–१ को बराबरीमा रोकिएको थियो ।

दोस्रो स्थानको चेल्सीको तीन खेलमा चार अंक छ जुन शीर्ष स्थानको एफसी साल्जबर्ग भन्दा एक अंक कम हो । तेस्रो स्थानको मिलानको चार र चौथो स्थानको डिनामो जागरेभको तीन अंक छ ।

२४औं मिनेटमा फोफानाको गोलमा चेल्सीले अग्रता लिएको थियो ।५६औं मिनेटमा पिइरे इमरिक औबामयाङले चेल्सीको अग्रता दोब्बर पारेका थिए । त्यसको पाँच मिनेटपछि रिस जेम्सले चेल्सीको अग्रता ३–० मा पुर्याएका थिए ।

चेल्सीले शनिबार इङलिस प्रिमियर लिगमा उल्भरहमटनको सामना गर्नेछ भने मिलानले सिरी ए मा युभेन्टसको सामना गर्नेछ ।

समूह ‘इ’ को अर्को खेलमा साल्जबर्गले शीर्ष स्थानमा उक्लिने क्रममा जागरेभलाई १-० ले हरायो । यसअघि समूहको दुवै खेलमा साल्जबर्गले अंक बाँडेको थियो ।