इटालियन सिरी ए

मिलानको सहज जित

मिलान । फाडे टाउरे र राफेल लियोले इन्जुरी समयमा गरेको समान एक गोलमा एसी मिलानले शनिबार इटालियन सिरी ‘ए’ मा इम्पोलीलाई ३-१ ले निराश पारेको छ ।

७९औं मिनेटमा एन्टी रेबिकको गोलमा मिलानले अग्रता लिएको थियो । इन्जरी समयको दोस्रो मिनेटमा निदिम बज्राहिमले इम्पोलीलाई खेलमा फर्काएका थिए । 

इन्जुरी समयको तेस्रो मिनेटमा फोडे टाउरे र सातौ मिनेटमा राफेल लियोले गरेको गोलमा मिलानले सहज जितसहित  तीन अंक पक्का गरेको थियो ।

सिरी ‘ए’ को पछिल्लो खेलमा भने मिलान नेपोलीसँग पराजित भएको थियो । 

मिलान आठ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा २० अंक जोडेको नेपोली शीर्ष स्थानमा छ । दोस्रो स्थानको एट्लान्टाको १७ अंक छ । यद्धपी नेपोली र मिलान भन्दा एट्लान्टाले एक खेल कम खेलेको छ । 

शनिबार नै भएको खेलमा शीर्ष स्थान कायम राख्ने क्रममा नेपोलीले टोरिनोलाई ३-१ ले हरायो । यता इन्टर मिलानले भने शुक्रबार रोमासँग २-१ ले पराजित भएको थियो ।