युइएफए नेसन्स लिग

टोनीलाई निराश नहुन फ्रयांकको सुझाव

लन्डन । ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रयांकले युइएफए नेसन्स लिगका लागि इङल्यान्डको टोलीमा स्थान बनाए पनि मैदान उत्रने अवसर नपाएका इभान टोनी तत्काल निराश हुनु नपर्ने बताएका छन् ।

गारेथ साउथगेटले नेसन्स लिगअन्तर्गत जर्मनी र इटालीविरुद्धको खेलका लागि टोनीलाई २३ सदस्यीय टोलीमा समावेश गरेका थिए ।

 तर इटाली र जर्मनीविरुद्धको खेलमा टोनी बेन्चमै बस्न बाध्य भएका थिए । इङल्यान्ड इटालीसँग १–० ले पराजित भएको थियो भने जर्मनीसँग ३–३ को बराबरीमा रोकिएको थियो । इङल्यान्ड लिग ए बाट बी मा घटुवा भएको थियो ।

‘इभान टोनी क्षमतावान खेलाडी हुन् तर उनले नेसन्स लिगमा अवसर पाएनन्,’ फ्रयांकले भने,' तर दुई खेलमा मैदान उत्रने अवसर नपाउँदैमा टोनी निराश भैहाल्नु पर्ने कारण छैन । उनले थप उत्कृष्ट प्रदर्शन गरिरहनुपर्छ ।'