अर्जेन्टिना

स्कालोनीले सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनी टिम सम्हाल्ने

ब्युनस आयर्स । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको प्रशिक्षण सम्हाल्ने भएका छन् ।

अर्जेन्टिनी फुटबल संघ (एएफए) ले बुधबार स्कालोनीसँगको सम्झौता नविकरण गरेको हो । बुधबार अन्तर्राट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत जमैकालाई ३–० ले पराजित गरेपछि एएफएले स्कालोनीसँगको सम्झौता नविकरण गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले दुई र जुलियन अल्भारेजले एक गोल गरेका थिए ।

एएफएका अध्यक्ष चिक्की टापियाले प्रशिक्षक स्कालोनीसँगको सम्झौता नविकरण गरेको जनाए ।

‘हामी राष्ट्रिय टिमको वृहत परियोजनामा स्कालोनीको प्रतिनिधित्वलाई जारी राख्नेछौं,’ टापियाले भने ।

सन् २०१८ को विश्वकपअन्तर्गत अन्तिम १६ मा फ्रान्ससँग पराजित भएपछि जर्ज साम्पाओलीलाई प्रतिस्थापन गर्दै स्कालोनीले अर्जेन्टिनी टिमको प्रशिक्षणको जिम्मेवारी पाएका थिए ।