जर्मनी

विश्वकप जिते प्रत्येक जर्मन खेलाडीले ४ लाख युरो पाउने

बर्लिन । आगामी नोभेम्बर डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप जिते जर्मनीका प्रत्येक खेलाडीले जनही चार लाख युरो प्राप्त गर्ने भएका छन् । जर्मन फुटबल संघ (डिएफबी)ले गरेको यो निर्णय आइतबार सार्वजनिक भएको हो ।

जर्मनी प्रतियोगिताको सबैभन्दा सफलमध्ये एक टिम हो । पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जित्दा जर्मनी अन्य टिमभन्दा धेरै माथिल्लो स्तरको देखिएको थियो ।

यसअघि सन् २०१८ को विश्वकपमा डिएफबीले ३ लाख ५० हजार रुपैयाँ युरो पुरस्कार राशी घोषणा गरेको थियो । यद्यपि, जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ को विश्वकप विजेता खेलाडीले जनही ३ लाख युरो प्राप्त गरेका थिए ।