लियोनल मेसी

पिएसजीमा सहज महसुस गरिरहेको मेसीको प्रतिकृया

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) अनुबन्धित भएको अर्जेन्टिनाका स्टार लियोनल मेसीले अहिले आफूले विस्तारै सहज महसुस गरिरहेको बताएका छन् ।

गत वर्ष स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आएका मेसीले पहिलो सिजन ३४ खेलमा ११ गोल गरेका थिए । यसक्रममा उनको १० प्रहार पोष्टमा लागेर फर्किएको थियो । तर, यस सिजन भने मेसीले ११ खेलमा ६ गोल गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय खेलमा पनि लयमा देखिएका मेसीले शुक्रबार होन्डुरसविरुद्ध दुई गोल गरेका थिए । यो खेलमा अर्जेन्टिाले होन्डुरसलाई ३-० ले पराजित गरेको थियो ।

‘म अहिले सहज महसुस गरिरहेको छु । पछिल्लो वर्षको भन्दा फरक । गत वर्ष मेरो यहाँको समय सहज थिएन,’ मेसीले भने, ‘तर, अहिले म यहाँको वातावरणमा रमाइरहेको छु ।’