एआरटी–ल्याब युथ फुटबल एकेडेमी

एन्फा अध्यक्ष नेम्वाङद्वारा एआरटी–ल्याब युथ एकेडेमीको उद्घाटन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड फुटबल टिम (एनआरटी) को एआरटी–ल्याब युथ फुटबल एकेडेमी उद्घाटन गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा रहेको एकेडेमीको उद्घाटन गरे  । कार्यक्रममा अध्यक्ष नेम्वाङले एकेडेमीको खेलाडीहरुसँग पनि भेटघाट गर्दै म्याच बल प्रदान गरे ।

कार्यक्रममा विशेष अतिथि डाक्टर बालगोपाल वैध र एनआरटी क्लबका अध्यक्ष सुन्दर जोशी पनि उपस्थित थिए ।

एनआरटी र ल्याबोरटरी स्कुलबीच गत वर्ष नै एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार कुल १४ खेलाडीले एकेडेमीमा प्रशिक्षण गर्नेछन् । जसमा पहिलो वर्ष एनआरटी क्लबका सात र स्कुलका सात खेलाडी सहभागी हुनेछन् ।