दक्षिण कोरियाको पहिलो जित

शोल, (खेलाडी)- कतारमा अर्को वर्ष हुने फिफा विश्वकपको छनोटअन्तर्गत तेस्रो चरणमा दक्षिण कोरियाले मंगलबार पहिलो जित हासिल गरेको छ । 

एसियाली छनोटअन्तर्गत मंगलबार लेबनानलाई घरेलु मैदानमा निम्त्याएको दक्षिण कोरियाले १-० को जित निकाल्यो । पाँच दिनअघि इराकलाई कोरिया निम्त्याउँदा दक्षिण कोरियाले गोलरहित बराबरी नतिजामा चित्त बुझाएको थियो । 

दुई खेलमा एक बराबरी र एक जित निकालेको दक्षिण कोरिया समूह ‘ए’को अंकतालिकामा चार अंकका साथ शीर्ष स्थानमा छ । लेबनानले दुई खेलमा एक अंकमात्र जोड्न सकेको छ ।  

दक्षिण कोरियालाई जित दिलाउन ६०औं मिनेटमा एकमात्र गोल चाङ हुन क्वोनले गरेका थिए ।