क्विक्स/ग्रिनल्यान्ड बास्केटबल

क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । ग्रिनल्यान्ड माविको आयोजनामा भइरहेको १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले सेन्ट जोसेफ, भ्याली पब्लिकले गोल्डेनपिक, बिएनएले इबीए तथा एचएचसीएले टीआइएविरुद्ध खेल्ने छन् । जुनियरको क्वार्टरफाइनल भ्याली पब्लिक र लालीगुराँस, एन्जल्स हार्ट र ग्रिनफिल्ड, स्किब्स र गोल्डेनपिक तथा इबीए र बिएनएबीच हुनेछ ।

गर्ल्समा भने सेमिफाइनल समीकरण तयार भएको छ । भ्याली पब्लिकले सत्यसाइ तथा ग्रिनल्यान्ड ‘ए’ ले एचएचसीएको सामना गर्ने छन् ।