सरुवा बजार

सरुवा चर्चाः पिएसजीको चासो रासफोर्डमा

पेरिस:  पेरिस सेन्ट जर्मन (पिएसजी) ले ट्रान्सफर विन्डो बन्द हुनुअघि केही खेलाडी भित्र्याउन चाहेको खुलाइसकेको छ । क्लबका मुख्य प्रशिक्षक क्रिस्टोफे गाल्टियरले यसअघि क्लबमा नयाँ फरवार्ड भित्र्याउने चाहना व्यक्त गरेका थिए ।

फ्रेन्च लिग वान च्याम्पियन पिएसजीले नयाँ सिजनअघि रेनाटो सान्चेज, नोर्डी मुकेइले, ह्युगो इकिटिके, भिटिन्हा र नुनो मेन्डेसलाई अनुबन्ध गरिसकेको छ ।

हाल पिएसजीले नयाँ फरवार्डको रुपमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कुस रासफोर्डलाई अनुबन्ध गर्नका लागि वार्ता सुरु गरेको छ ।

इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी रासफोर्ड र युनाइटेडबीच अर्को वर्षसम्मको सम्झौता रहेको छ । रासफोर्डले सन् २०१९ एक वर्ष थप गर्न सक्ने विकल्पसहित युनाइटेडसँग चार वर्षको सम्झौता गरेका थिए ।