फ्रेन्च लिग वान

कलिमुन्डो रेनिसमा

पेरिस । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन( पिएसजी) का युवा स्टाइकर अर्नोउड कलिमुन्डो नयाँ सिजनका लागि रेनिस गएका छन् ।

कलिमुन्डोले रेनिससँग पाँच वर्षको सम्झौता गरेका हुन् । सन् २०१९ मा उनी १७ वर्षको उमेरमा पिएसजीमा अनुबन्ध भएका थिए । पिएसजीबाटै उनले व्यवसायिक खेलजीवन सुरु गरेका थिए ।

उनको अनुबन्धमा इङलिस प्रिमियर लिगको क्लब लिड्स युनाइटेड पनि इच्छुक देखिएको थियो । कलिमुन्डोले पछिल्लो दुई सिजन लेन्समा बिताएका थिए । उनी लोनमा त्यहाँ गएका थिए । गत सिजन उनले लेन्सबाट १२ गोल गरेका थिए । लेन्सले सातौ स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । 

पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पनि  कलिमुन्डो रेनिस गएको पुष्टी गरेका छन् ।

रेनिस गत शनिबार सिजनको पहिलो खेलमा लोरेन्टसँग निराश भएको थियो । रेनिसले दोस्रो खेलमा शनिबार मोनाकोको भ्रमण गर्नेछ ।