इङ्लिस प्रिमियर लिग

बेन्चमा बस्न बाध्य भएपछि चेल्सी रोजेः स्टर्लिङ

लन्डन । रहिम स्टर्लिङले इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमा कम अवसर पाएका कारण चेल्सी रोजेको बताएका छन् ।

स्टर्लिङ सिटीसँगको सात वर्षको सम्झौता अन्त्य गर्दै यस सिजनका लागि स्टामफोर्ड ब्रिज भित्रिएका थिए । 

सिटीले प्रिमियर लिग र घरेलु प्रतियोगितामा निकालेको सफलतामा स्टर्लिङ पनि प्रमुख खेलाडी थिए । तर गत सिजन भने उनले यसअघिका सिजनहरुमा जस्तो टोलीमा धेरै अवसर पाएनन् । उनले सिटीबाट गत सिजन २३ खेल मात्र खेलेका थिए ।

जसका कारण स्टर्लिङ सिटीको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको बताइन्छ ।

‘म सधै सफलता हात पार्न आतुर रहन्छु’, स्टर्लिङले भने, ‘गत सिजन मैले सिटीमा थोरै मात्र अवसर पाए । त्यसैले मैले सिटीको बेन्चमा बस्न नचाहेकै कारण नयाँ गन्तब्यको रुपमा चेल्सी रोजेको थिए । सिटी छोड्ने निर्णय लिँदा मसँग धेरै विकल्प भने थिएन । चेल्सी मेरो लागि राम्रो विकल्प बन्यो ।’