सहिद स्मारक ‘सी’ डिभिजन लिग

‘सी’ डिभिजन लिग बैशाख तेस्रो सातादेखि सुरु हुने

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग बैशाख तेस्रो सातादेखि हुने भएको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठकले ‘सी’ डिभिजन लिग बैशाख १८ गतेदेखि जेठ २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

असार ६ गतेको चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिले नेपाल सुपर लिग (एनएसएल) असोज २३ गते, ‘ए’ डिभिजन लिग पुस आठ गतेदेखि र ‘बी’ डिभिजन लिग चैत ६ गतेदेखि गर्ने निर्णय गरेको छ ।

पछिल्लो सिजन ‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले जित्दा प्लानिङ ब्वाइज युनाइटेड दोस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो ।