सी डिभिजन लिग छनोट

सी डिभिजन लिग छनोट असोज १ गतेदेखि

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगको छनोट असोज १ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार जारी कार्यसमितिको बैठकले वैशाखमा हुने सी डिभिजन लिगका लागि असोजमै छनोट गर्ने भएको हो ।

असार ६ गतेसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिले नेपाल सुपर लिग (एनएसएल) असोज २३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यस्तै सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि र बी डिभिजन लिग चैत ६ गतेदेखि गर्ने तय गरिसकेको बैठकका एक सहभागीले बताए ।