सहिद स्मारक ए डिभिजन लिग

ए डिभिजन लिग पुस ८ गतेदेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोमा जारी कार्यसमिति बैठकले सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि चैत ४ गतेसम्म गर्ने निर्णय गरेको छ । असार ६ गतेसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो ।

जारी एन्फाको बैठकले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण २३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । बिहीबार जारी कार्यसमितिले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल असोज २३ गतेदेखि मंसिर २ गतेसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो । गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।