एनएसएल

एनएसएल असोज २३ देखि हुने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज २३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार जारी कार्यसमितिले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल असोज २३ गतेदेखि मंसिर २ गतेसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो । गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।