खेलाडी सरुवा

डेनमार्कका मिडफिल्डर ड्याम्सगार्ड ब्रेन्टफोर्डमा

लन्डन । इङ्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर मिकेल ड्याम्सगार्डलाई भित्र्याएको भएको छ । क्लबले सम्झौता रकम नखुलाए पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ड्याम्सगार्डका लागि ब्रेन्टफोर्डले १२.६ मिलियन खर्च गरेको सार्वजनिक गरेका छन् ।

ड्याम्सगार्ड इटालियन सिरी ए क्लब साम्पडोरियाबाट ब्रेन्टफोर्ड आएका हुन् । जहाँ उनी सन् २०२० देखि खेल्दै आएका थिए ।

साम्पडोरियाबाट खासै चर्चा कमाउन नसकेका उनले ४६ खेल्दा दुई गोल र चार असिस्ट गरेका छन् । तर, युरो २०२० मा डेनमार्कले सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए । सेमिफाइनलमा इङ्ल्यान्डसँग २–१ ले पराजित भएको डेनमार्कबाट गोल पनि उनैले गरेका थिए ।

ब्रेन्टफोर्ड र ड्याम्सगार्डबीच चा वर्षको सम्झौता भएको हो ।