सुपर कोपा

रियाल मड्रिडको स्तर नै बेग्लैः फ्रयांकफर्ट प्रशिक्षक ग्लास्नेर

म्युनिख । सुपर कपमा पराजित भएपछि फ्रयांकफर्टका मुख्य प्रशिक्षक ओलिभर ग्लास्नेरले रियाल मड्रिडको स्तर बेग्लै भएको बताएका प्रतिकृया दिएका छन् ।

ग्लास्नेरको टिम च्याम्पियन्स लिग विजेता रियाल मड्रिडसँग २-० ले पराजित हुँदै सुपर कपको उपाधि सुम्पिएको थियो । डेविड अलावाले पहिलो हाफमा गोलबाट अग्रता लिएको रियाल मड्रिडले करिम बेन्जेमाले दोस्रो हाफमा गोल गरेपछि उपाधि उचालेको थियो ।

‘हामीले पछिल्लो खेल (६–१ ले पराजित बायर्न म्युनिखसँग) भन्दा सुधारिएको प्रदर्शन गर्यौं । तर, रियाल मड्रिडलाई दुई मौका दिनु हुदैनथ्यो,’ ग्लास्नेरले भने, ‘टिमले रक्षात्मक रुपमा राम्रो गरेको थियो । तर, अन्तिममा रियाल मड्रिड हामीभन्दा उत्कृष्ट बन्यो र उनीहरु जितका हकदार बने । हामीले राम्रो प्रदर्शन गरे पनि रियाल मड्रिडविरुद्ध त्यो पर्याप्त थिएन । हामीभन्दा रियालको स्तर नै बेग्लै छ ।’