दीपा न्यौपाने

दिपाको टिम डन बोस्कोले लड्स एफएसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपानेको क्लब डन बोस्को एफएले लड्स एफएसँग खेल्दैछ ।

भारतको कोजिकोडेस्थित इएफएस कर्पाेरेसन स्टेडियम एन्ड एर्नाकुलम महाराजा कलेजको मैदानमा जारी प्रतियोगितामा बिहीबार लड्स एफएसँग प्रतिस्पर्धा गर्दैछ ।

डन बोस्कोमा अनुबन्ध भएकी दीपा केरला वुमन्स लिग २०२२/२३ खेल्नका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी पनि यो प्रतियोगिता खेल्नका लागि गोकुलम केरलामा अनुबन्धित छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साबित्राको टिम गोकुलमले केरला युनाइटेड एफसीलाई ११–० को फराकिलो नतिजामा हराउँदै सुखद सुरुआत गरिसकेको छ ।

चोटबाट पुनरागमन गरिसकेकी साबित्राको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसमा उनले गोकुलमबाट व्यक्तिगत पाँच गोल गरेकी थिइन् ।