इङ्लिस प्रिमियर लिग

हाल्यान्डसँगको साझेदारी सुखद हुने डी ब्रुयनाको विश्वास

लन्डन । म्यानचेस्टर सिटीका केभिन डि ब्रुयनाले स्ट्राइकर एर्लिङ हाल्यान्डसँगको साझेदारी क्लबको इङलिस प्रिमियर लिग उपाधि रक्षाको लक्ष्यमा सार्थक हुनेमा विश्वस्त रहेको बताएका छन् ।

साविकको विजेता सिटीले आइतबार वेस्ट हममाथि २-० को जितसहित नयाँ सिजनमा सुखद सुरुआत गरेको थियो । सिटीको जितमा दुवै गोल  हाल्यान्डले गरेका थिए ।

 पहिलो गोल पेनाल्टीमा गरेका हाल्यान्डले डी ब्रुयनाको पासमा दोस्रो गोल गरेका थिए ।

यसै सिजन सिटीका रहिम स्टर्लिङ चेल्सी र ग्याब्रियल जिसस आर्सनल गएका थिए । हालान्ड भने बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका थिए । त्यसैले जिसस र स्टर्लिङको अनुपस्थितीमा सिटीका स्ट्राइकरले कस्तो प्रदर्शन गर्छ सबैको चासो बरेको थियो ।

‘हामीले राम्रो सुरुआत गरेका छौ,’डी ब्रुयनाले भने,' क्लबका लागि यो सुखद संकेत हो । हाल्यान्ड पहिलो खेलमा गोलको लयमा देखिए । उनी प्रिमियर लिगमा अभ्यस्त भएपछि अझ धेरै गोल निस्कने छ । हाल्यान्डसँग मेरो साझेदारी मिलेको छ । आशा छ यो यात्राको सुरुआत जसरी सुखद रह्यो , अन्त्यसम्म यही साझेदारीले टोलीको उपाधि रक्षाको लक्ष्य सफल हुनेमा विश्वस्त छु ।'