इङ्लिस प्रिमियर लिग

चेल्सीको सुखद सुरुआत

लन्डन । जजिन्होले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा चेल्सीले एभर्टनलाई १-० ले निराश पार्दै इङलिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ ।

घरेलु मैदान गुडिसन पार्कमा स्ट्राइकर डोमिनिक काल्भर्ट लेविन घुँडाको चोट कारण मैदान बाहिर रहनु र सोलोमन रोन्डन पनि टोलीमा नभए पनि फ्रयाक लाम्पार्डको टोलीले थोमस टुचेलको टोलीलाई सहज नतिजा भने सुम्पिएन । 

पहिलो हाफको इन्जुरी समयको नवौं मिनेटमा जर्जिन्होले गरेको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो ।

चेल्सीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा जित निकालेको यो लगातार तेस्रो पटक हो । चोटका कारण बेन गडफ्रे मैदानबाट बहिरिँदा एभर्टन थप समस्यामा परेको थियो । २४औं मिनेटमा एभर्टनका जेम्स तार्कोस्कीको प्रहार चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीले विफल पारेका थिए ।

यस जितसँगै चेल्सीले एभर्टनसँगको लगातार चार हारको शृंखलामा पूर्णविराम लगाएको हो । 

चेल्सीले आगामी आइतबार स्टामफोर्ड ब्रिजमा टोटनहमलाई अतिथ्य गर्नेछ भने एभर्टनले शनिबार एस्टन भिल्लाको भ्रमण गर्नेछ ।