सावित्रा भन्डारी

एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

तस्विर: सामाजिक सञ्जाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्नका लागि शनिबार भारत प्रस्थान गरेकी छन् ।

चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् ।

सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो ।

क्लबबाट उज्वेकिस्तानमा अगस्ट २० देखि २६ सम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०/२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।